निजामती सरह सेवा पाउने पर्ने विद्यालय कर्मचारीको माग

  सरलपाटी सम्वाददाता

 446 पटक हेरिएको

इलाम । विद्यालयमा कार्यरत कर्मचारीहरुले निजामति सेवामा कार्यरत कर्मचारीलाई दिइदै आएको सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषदले विभिन्न माग राख्दै देश ब्यापि आन्दोलनमा उत्रिएको छ ।
साउन १५ गतेदेखि उनीहरुले आन्दोलनको विभिन्न कार्यक्रम गर्दै आएका छन् । भदौ सात गतेसम्मको आन्दोलन घोषणा गरिएको छ । त्यसमा सरकारको ध्यानाकर्षण, जिल्लामा अन्तरक्रिया देखि विद्यालय बन्द गरेर काठमाण्डौमा प्रर्दशन गर्नेसम्मका कार्यक्रम तय भएको छ । आन्दोलनको कार्यक्रम स्वरुप इलाम सदरमुकाममा आयोजना गरिएको छलफलमा उनिहरुले सरकारले आफूहरुलाई अन्याय गरिरहेको बताउँदै निजामती कर्मचारी सहर सुविधा उपलब्ध गराउन माग गरेका छन् ।
परिषदले विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको श्रेणी विहीन कर्मचारीले पाउने सेवा सुविधा पाउनुपर्ने, कार्यालय सहायकलाई प्राथमिक तहका शिक्षकले पाउने सेवा सुविधा पाउनुपर्ने, लेखापालले निम्न माविका शिक्षकले पाउने सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेको छ । संघीय शिक्षा ऐनमा विद्यालय कर्मचारीको ब्यवस्थापन स्थानीय तहलाई दिने ब्यवस्था कर्मचारीको हितविपरीत भएकाले त्यसलाई संशोधन गरेर संघीय सरकारलेनै ब्यवस्थापनको जिम्मा लिनुपर्ने माग राखिएको छ । देशभरमा २८ हजार विद्यालय कर्मचारी कार्यरत रहेको र इलाममा मात्रै चार सय विद्यालय कर्मचारी कार्यरत रहेको परिषदका जिल्ला अध्यक्ष हेमराज बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार